Logo

मुलुक सर्बसत्तावादतिर गयो भने भड्खालोमा पर्नसक्छ : रामचन्द्र पौडेल



काठमाडौं, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति अहिले रन्थिनिएको अवस्थामा रहेको सुनाउँदै छिट्टै निकास दिनुपर्ने बताएका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘मुलुकलाई निकाश दिनुपर्छ । देशलाई यो सर्वसत्तावादतिर मुलुकलाई जान नदिउँ मुलुक फेरी एकपटक सर्बसत्तावादतिर गयो भने भड्खालोमा पर्नसक्छ ।’

२०७८ सालमा राष्ट्रिय सहमति सहकार्य र एकता बन्ने सम्भावना छ त ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भनेका छन्–‘यो संसद् विघटनले उत्पन्न गरेको परिस्थितिले देशलाई रन्थन्याएको छ । देशको राजनीति अत्यन्तै रुमल्लिएको अवस्थामा छ । देशका नेताहरु राष्ट्रको लागि हो भने जनताको लागि राजनीति हो भने, सिद्धान्तको लागि राजनीति हो भने अहिले निकास खोज्नैपर्छ । विकल्प दिन सक्नैपर्छ । विकल्प दिन नसकेमा यो नेतृत्व नालायक ठहरिनेछ । त्यसो भएर सबै नेताहरुलाई मेरो अपिल छ । म अनुरोध गर्न चाहन्छु । निकाश दिउँ देशलाई यो सर्बसत्तावादतिर मुलुकलाई जान नदिउँ, मुलुक फेरी एकपटक सर्बसत्तावादतिर गयो भने भड्खालोमा पर्नसक्छ । यसैले म पटक–पटक भन्छु–अरु मुलुकले एकपटक परिवर्तन ल्याएपछि त्यही अवस्थामा ६०, ७० र १०० वर्षसम्म त्यही ब्यवस्थामा रहेर विकास गरेका छन । हाम्रो मुलुकमा ७० वर्षदेखि परिवर्तन आयो । तर, पटक–पटक यसमाथि कुठराघात भयो । तर, एउटै व्यवस्थालाई हामीले अँगालेर चल्न सकेका थिएनौँ ।’

उनले नयाँ वर्ष २०७८ को अवसरमा आफ्नो तर्फबाट देश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना समेत दिएका छन् । उनले भनेका छन्–‘मेरो तर्फबाट तपाईँलगायत देशभरिका सम्पुर्ण नेपालीहरुलाई यो नयाँ वर्षले सुखत जीवन ल्याओस् । गएको साल २०७७ साल नेपालको लागि कष्टकर रह्यो । नेपालीहरुको लागि अनेक अनिष्टहरु भए । यी सबै दुःखकष्ट यो आउदो वर्षमा नआओस् । यो महाब्यादीबाट नेपालीले मुक्ति पाउँन । हाम्रो पार्टीले पनि महाअधिवेशन सम्पन्न गरोस् । सम्पुण दाजुभाई दिदीबहिनीमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु ।’



प्रतिक्रिया दिनुहोस्