Logo

लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो, रियल सेमिफाइनलमा



एजेन्सी, २ वैशाख । लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । गएराति भएको दोस्रो लेगको खेलमा रियल म्याड्रिडसँग गोलरहित बराबरीमा रोकिएपछि लिभरपुल सेमिफाइनलमा पुग्न असफल भएको हो ।

यसअघि पहिलो लेगमा लिभरपुल ३-१ ले पराजित भएको थियो । गएरातिको खेलमा लिभरपुलले गोल गर्ने थुप्रै अवसर गुमाएको थियो ।



प्रतिक्रिया दिनुहोस्