Logo

सरकार लकडाउन गर्ने मनस्थितिमा छैनः प्रधानमन्त्री



काठमाडौं, बैशाख २ । नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । उनले कोरोना महामारीको जोखिम बढ्दै गएकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गरे ।

नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको महामारीबाट बच्नका लागि स्वास्थ्य सर्तकताका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आह्वान गरेका हुन् । महामारी ह्वात्तै बढेपछि कतिपय विकसित देशहरुले पनि दोस्रो तेस्रो चरणमामा लकडाउन गरिरहेको प्रसंग उल्लेख गर्दै उनले स्वास्थ्य सर्तकताका मापदण्ड प्रयोग गरेर नै महामारी नियन्त्रणमा राखेर सामाजिक आर्थिक क्रियाकलाप सञ्चालन गर्ने पक्षमा सरकार रहेको बता।

‘सरकार सकभर लकडाउन गर्ने मनस्थितिमा छैन । कतिपयले आजै लकडाउन हुन्छ । भरे नै लकडाउन हुन्छ । भोलि नै लकडाउन हुन्छ । भन्ने हल्ला चलाएका छन्, तर सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन । उनले भने । तर, उनले युरोपका कतिपय विकसित भनिएका देशहरुमा महामारी ह्वात्तै फैलिएकाले लडाउनमा गएको स्मरणसमेत गराएका छन् ।दोस्रो र तेस्रो चरणमा फैलिएको लहरबाट बच्नका लागि लकडाउनको सहारा लिनुपर्ने अवस्था रहेको बताउँदै उनले भने– ‘हामी चाहन्छौं हाम्रो सतर्कताको विधिबाट परिस्थितिलाई विग्रन नदिऔं । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्