Logo

२३ केजी गाँजासहित पक्राउ



मकवानपुर, २ बैशाख । अवैध लागूऔषध गाँजासहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङ सुकुम्बासीटोल भन्ने स्थानबाट करिब २३ केजी अवैध लागूऔषध गाँजा सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका(१ बस्ने ४० वर्षीय चतुरमान मोक्तान, ४७ वर्षीया माया तामाङ र ४७ वर्षीया निर्मला तामाङ रहेका छन् । मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ह ९०९९ नम्बरको अटोलाई अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ वटा कपडाको भिर्ने झोलामा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी अटो चालक चतुरमान, अटोमा सवार माया र निर्मलालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्