Logo

स्कुटर चोरीको अभियोगमा युवक पक्राउ



कास्की, २ बैशाख । स्कुटर चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१४ छिनडाँडास्थित खाजाघरबाट ग.९ प ४०२७ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा रुपा गाउँपालिका–४ स्यालडाँडा बस्ने २० वर्षीय सन्तोष परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त खाजाघरबाट सोमबार राति स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका(२७ डाँडाकोनाकस्थित बिजयपुरदेखि तालचोकतर्फ जाँदै गरेको उक्त स्कुटर सहित फेला पारी परियारलाई पक्राउ गरेको गरेको जनाएको छ ।

उनीमाथि चोरी तथा डाँका कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्