Logo

ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ



कास्की, २ बैशाख । ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने २१ वर्षीय रोशन शेर्पा सोमबार पक्राउ परेका हुन् ।

पोखरा महानगरपालिका–४ गणेशटोलमा सोमबार राति झैझगडा भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–१५ रामबजार बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका(२ घर भएका चुत्र बहादुर गुरुङलाई गम्भीर घाइते भएको अवस्थामा फेला पारी घटनामा संलग्न रोशनलाई पक्राउ गरेको हो ।

घाइते चुत्र बहादुरलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएको छ । साथै घटनास्थलबाट धारिलो हतियार फलामको दाउ समेत प्रहरीले बरामद गरेको छ ।
रोशन उपर ज्यान मार्ने उद्योग कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धानको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्