Logo

वर्ल्ड टेबल टेनिस डे मनाइयो २०२१ विश्वभरि मनाइँदै, नरेश रावल प्रमोटरको रूपमा चयन



काठमाडौं, २ बैशाख । आईटीटीएफ फाउन्डेशन, जर्मनीले टेबुल टेनिस मार्फत “महिला सशक्तीकरण गर्ने ’’ मुुल नाराका साथ वल्र्ड टेबल टेनिस डे २०२१ विश्वभरि मनाईँदैछ । उक्त कार्यक्रमलाई नेपालमा मनाउन आईटीटीएफ फाउन्डेसनले आईटीटीएफ मान्यता प्राप्त टेबुल टेनिसका लेवल २ स्टार प्रशिक्षक र अन्र्तराष्ट्रिय अम्पायर समेत रहेका नरेश रावललाई प्रमोटरको रूपमा चयन गरेको छ ।

“सरोज टेबल टेनिस फार आल एकेडेमीे’’ का संस्थापक र प्रशिक्षकसमेत रहेका नरेशले चन्द्रागिरीस्थित् भकण्डे चौर युुवा समाजमा आयोजना गरेका थिए । एकेडेमीले कार्यक्रममा सहभागी बच्चाहरूलाई टेबल टेनिस ब्याट, बल र टी–शर्ट वितरण गरेको थियो । चन्द्रागिरीका मेयर घनश्याम गिरीले सहभागिलाई टेबुल टेनिस खेल्न प्रेरणादायी भाषण दिएका थिए ।

त्यस्तै, एपिएसफका टेबल टेनिस कोच र पुुर्व राष्ट्रिय खेलाडी राजेन्द्र दुुलालले पनि युवतीहरु र महिलाहरुलाई टेबुल टेनिस खेल्न प्रेरित गरेका थिए । प्रशिक्षक नरेशले टेबुल टेनिसका विभिन्न अभ्यास , व्यायाम देखाउनका साथै सहभागीहरूसँग समेत खेलेका थिए । टेबल टेनिसको माध्यमबाट महिला सशक्तिकरणको यस कार्यक्रममा केटीहरु र महिलाहरूको ठूलो सहभागिता रहेको थियो । केटीहरु र महिलाहरुमा टेबल टेनिसको रुचि, आकर्षण र महत्वको विकास गर्न कार्यक्रम सफल रहेको प्रशिक्षक नरेशको विश्वास रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउने सबै सहभागीहरू, आईटीटीएफ फाउन्डेशन, जर्मनी, चन्द्रागिरीका मेयर घनश्याम गिरी, एपिएफका टेबल टेनिस कोच राजेन्द्र दुुलाल र सभापति सिम्रन बानियाँ, भकुण्डे चौर  युुवा समाजको साथै अन्य समर्थकहरूलाई समेत “सरोज टेबल टेनिस फार आल एकेडेमीे’’ का च्येरपर्सन सन्जु थापाले धन्यवाद दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्