Logo

टाइगर श्राफको यस्तो छ दैनिक एक्सरसाइजको तालिका



एजेन्सी, २ बैशाख । पछिल्लो समयका बलिउडका चर्चित अभिनेता टाइगर श्राफ मल्टी ट्यालेन्टको रुपमा चिनिन्छन् । तर उनले यति सजिलै पहिचान बनाएका भने होइनन् । टाइगरले एक्सनदेखि डान्स, मार्सल, फिटनेस र अभिनयसम्म हरेक चिजमा आफ्नो कुशलता बनाइ राख्नको लागि कडा मेहेनत गर्छन् ।

टाइगरका ट्रेनर राजेन्द्र ढोलेले उनको फिटनेसको खुलाशा गरेका छन् । उनको अनुसार टाइगरले प्रत्येक दिन १२ घन्टा कुनै न कुनै परिक्षणमा बिताउछन् । चाहे डान्स होस् वा किक । उनले सुटिङ छैन भने ट्रेनिङमा नै केन्द्रित हुन्छन् । सबैभन्दा उनी डाइटमा ध्यान दिन्छन् ।

टाइगरले फिटनेस, डान्स र गायनको क्षेत्रमा छुट्टै पहिचान बनाइसहेका छन् । आफुलाई फिट राख्न उनी सधै कडा मेहेनत गर्छन् । अभिनेताले हाल हिरोपन्ती २, बागी ४ र गणपत जस्ता एक्शन फिल्ममा काम गरिरहेका छन् । उनी आगामी फिल्ममा नयाँ उत्साह र एक्सनले दर्शकको मन जित्ने तयारीमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्