Logo

वन्यजन्तु सप्ताह शुरु



तनहुँ, २ बैशाख । ‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सहअस्तित्व’ भन्ने मूलनाराका साथ बुधबारदेखि वन्यजन्तु सप्ताह शुरु भएको छ । वन्यजन्तु सप्ताहका अवसरमा चरा अवलोकन र संरक्षित क्षेत्रका सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र व्यवस्थापन, पर्यापर्यटन विकास गरी स्थानीय जनताहरुको आर्थिक विकासका लागि भानुभक्त प्राणी उद्यान आकर्षणको केन्द्र हुने बताए । उनले यसको स्थापना, सञ्चालन र व्यवस्थापनका लागि सबै तहबाट सहयोग हुनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वन र वन्यजन्तु संरक्षणका लागि सरोकारवाला सबै निकायबीच समन्वय र सहकार्य भएमा सफलता प्राप्त गर्न सकिने बताए । रासस



प्रतिक्रिया दिनुहोस्