Logo

दिल्लीमा कोरोना संक्रमण फैलिएपछि ‘विकेन्ड कर्फ्यू’



एजेन्सी । दिल्लीमा कोरोना संक्रमण २५ गुणाले बढेपछि सरकारले ‘विकेन्ड कर्फ्यू’ जारी गर्ने भएको छ । संक्रमण बढ्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज भोलीदेखि सोमबारसम्म कर्फ्यू लगाउने घोषणा गरेका हुन् ।

दिल्लीमा विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागु गर्ने जनाइएको छ । दिल्ली सरकारले विकेन्ड कफ्युको क्रममा धेरै प्रतिवन्ध लगाएको छ ।
कफ्युको समयमा अत्याआवश्यक सेवाहरु खुल्ने भएका छन् ।

विवाहको लागि पासको व्यवस्था गर्ने जनाएको छ । जिम, स्पा, आडिटोरियम बन्द हुने भएका छन् । त्यस्तै साप्ताहीक बजार एक क्षेत्रमा मात्र खुल्नेछ । रेष्टुरामा बसेर खान रोक लगाएको छ । यसैगरी, कर्फ्यूको समयमा ट्रेन, हवाई यात्रुहरु र गाडी चालकहलाई भने छुट दिने भएको छ । हवाई यात्रुहरुले टिकट देखाएर यात्रा गर्न सक्नेछन् । त्यसैगरी दिल्ली सरकारले निजि डाक्टर नर्स र प्राइवेट स्टाफलाई पनि छुट दिने भएको छ । पत्रकार, राशन, किराना पसल, तरकारी, दुध, औषधी सम्बन्धि व्यवसायीहरुलाई पनि ई–पास मार्फत आवागमन गर्न अनुमति दिने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्