Logo

१८ वर्षीया किशोरी बलात्कार गर्ने ३४ वर्षीय पुरुष पक्राउ



काठमाडौं, २ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका–६ फस्कुस्थित टहरामा वीर बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्