Logo

कोरोनाबाट अति प्रभावितको सुचिमा १४ जिल्ला, विद्यालयसहित सार्वजनिक स्थलमा नजान मन्त्रालयको अपिल



काठमाडौं, २ बैशाख । काठमाडौं उपत्यकासहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा राखेको स्वास्थ्य तथा जनसंख्या मत्तालयले जनाएको छ ।
मन्त्रालयले तोेकेका अति प्रभावित जिल्ला तथा स्थानमा नजान पनि अपिल गरेको छ ।

जनस्वास्थ्यको मापदण्डहरु कडाईका साथ पालन गर्न र गराउन, ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ बुझेर जिम्मेवार बन्न मन्त्रालयले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्