Logo

काठमाडौं महानगरपालिकाद्वारा पूरानो बसपार्क सिटी मार्केटका पसलहरु बन्द (फोटोफिचर)



काठमाडौं, २ बैशाख । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु बन्द गरेको छ । महानगरपालिकाले सम्झौताविना नै व्यवसायीहरुले विगत ८ वर्षदेखि नै महानगरको स्वामित्वको भवनमा बसेको भन्दै पसलहरु बलपूर्वक आज सिल गरेको हो ।

सटर खाली गर्न एक हप्तामात्रै समय दिएको भन्दै व्यवसायीले विरोध जनाएका थिए । तर, महानगरपालिकाले पटक–पटक महानगरको भवनमा विना सम्झौता नबस्न आग्रह गर्दै आएको बताएको छ । यसअघि महानगरले सो भवन ठेकेदारमार्फत भाडमा दिएको थियो ।

तर, सो सम्झौता नवीकरण नभएकाले महानगरले व्यापारीहरुलाई हट्न निर्देशन दिंदै आएको थियो । सटर बन्द गर्ने क्रममा महानगरले बल प्रयोग गर्नुपरेको थियो । व्यापारीहरुले निकै होहल्ला गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्