Logo

काठमाडौंमा हुरीबतासले यस्तो असर पार्यो (भिडिओसहित)



काठमाडौं, २ बैशाख । आज काठमाडौं उपत्यकासहित देशको अधिकांश भागमा आँधी बेहरी आएको छ । केही भागमा भने असिना पानीसमेत परेको छ । हावाहुरी चल्दा काठमाडौं उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति ७ देखि १० बजेसम्म मुलुकका अधिकांश भागमा हावाहुरी चलेको छ।

प्रि–मनसुन अवधिका क्रममै अहिले हावाहुरी चलेको जनाईएको छ । काठमाडौंमा भने राति ९ बजेबाट हावाहुरी चल्न सुरु गरेको थियो । काठमाडौंमा कतिपय ठाउँमा हुरी बतासले रुखहरुसमेत भाँचिएका छन् । अहिले भने हुरीबताससँगै पानी पर्न पनि रोकिएको छ । मौसमविद्हरुले भोलि दिउँसो पनि मुलुकका केही भागमा हावाहुरी चल्न सक्नेछ ।



प्रतिक्रिया दिनुहोस्