Logo

नेपालमा ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि



काठमाडौं, बैशाख ३ । नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि भएको इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हङकङमा पठाएको नमुना परीक्षणमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलका अनुसार ‘एस जिन नेगेटिभ’ भएका १० नमुनामध्ये ९ वटामा ‘यूके भेरियन्ट’ पुष्टि भएको हो । दार्चुलाका एक जनाको भने ‘भेरियन्ट’ पुष्टि नभएको बताइएको छ । डा पौडेलका अनुसार कास्कीका दुई, काठमाडौंका चार, भक्तपुरका दुई र नुवाकोटका एक जनामा ‘यूके भेरियन्ट’ पुष्टि भएको हो । संक्रमण पुुष्टि हुनेमा २१ देखि ५९ वर्षसम्मका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या धमाधम बढेसँगै नयाँ भेरियन्टका बिरामी नेपालमा भित्रिएको हुन सक्ने आशंकाका कारण सरकारले नमुना सर्वेक्षणबाट ‘एस जिन नेगेटिभ’ भएका १० र पाँचवटा पीसीआर पोजेटिभ भएका नमुना ‘जिन सिक्वेन्सिङ’ गर्न हङकङ पठाइएको थियो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्