Logo

कोरोनाको कारण विद्यार्थीको मृत्युु हँदा पनि सरकार गम्भीर नभएको महामन्त्री तिमल्सिनाको आरोप



काठमाडौं, ३ बैशाख । नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड वन्द गर्न सरकार संग माग गरेको छ । प्रत्येक दिन देशभर सन्क्रमित संख्या बढीरहँदा समेत त्यसप्रति सरकारको अकर्मण्यता र लाचारीपुर्ण व्यबहारले विद्यार्थीहरूको स्वास्थ्य र भविष्यमाथी ठुलो खेलवाड भैरहेको भन्दै संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्ति मार्फत सरकारको लाचारी प्रति रोष प्रकट गरेका छन ।

ने.बि संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरु संक्रमित र संक्रमणकै कारण मृत्युु भैसक्दा समेत सरकार गम्भीर नहुनुले यो सरकार रहुन्जेल सम्म नेपाली नागरिकको बाँच्ने हक सुरक्षित हुन सक्दैन र यो सरकार जनतालाइ राहत होइन आहत दिन उद्यत छ भन्ने कुराको स्वयं सरकारको प्रत्येक गतिविधिले पुष्टि गरिरहेको बताए ।

कोरोना संक्रमणको उच्च जोखिम दिन प्रतिदिन बढीरहेको सन्दर्भमा सबै विद्यालय, बिश्व बिद्यालय,क्याम्पस,कलेज र शिक्षालय लगाएतका शिक्षण संस्थाहरूमा स्वास्थ्य सावधानी र सतर्कताको तत्काल बिशेष ब्यवस्था गर्न र सबै विद्यार्थीहरुलाइ तत्काल खोपको पुर्ण ब्यबस्था गर्न सरकारसंग माग गरिएको महामन्त्री तिमल्सिनाले बताए ।

संघका महामन्त्री तिमल्सिनाले येस्तै संक्रमण बढिरहेमा जोखिममा रहेका स्थानका शिक्षण संस्थाहरुमा केहि समयका निम्ति प्रत्यक्ष भौतिक उपस्तिथिमा गरिने पठनपाठनलाई बैकल्पिक पद्धति मार्फत सिकाइ प्रक्रिया सुचारु गरिनुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्