Logo

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिन सक्लान् ?



काठमाडौं, ३ वैशाख । आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुपर्नेछ । शाहीलाई नेकपा एमालेले दिइआएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने वाध्यात्मक अवस्था आएको हो ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाही पदमा कायमै रहन २० प्रदेशसभा सदस्यको मत लिनुपर्ने हुन्छ । त्यसका लागि उनलाई काँग्रेस र राप्रपाको साथले मात्र पुग्दैन ।

प्रदेशसभामा शाहीको दल नेकपा माओवादी केन्द्रको १३, नेपाली काँग्रेसको ६ सदस्य संख्या छ । नेकपा एमालेको सभामुखसहित २० र राप्रपाको एक सदस्य छन् ।
संविधान अनुसार सरकार अल्पमतमा परेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । शाहीलाई काँग्रेसले समर्थन गर्ने भएको छ । कर्णालीमा काँग्रेस र नेकपा माओवादी केन्द्रबीच समिकरण बनेको छ ।

नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले शाहीको विपक्षमा मतदान गर्ने भएका छन् । तर, केन्द्रमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच विवादले कर्णालीमा के असर पर्ने हो चासोको विषय बनेको छ । कित्ता परिवर्तन भएमा कर्णालीको राजनीतिक रोचक मोडमा पुग्ने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्