Logo

गोकुल बाँस्कोटा भन्छन् : नेपालका कयौं मिडिया फेक न्युज प्रोडक्सन फ्याक्ट्री हुन



काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालका कयौं मिडिया फेक न्युज प्रोडक्सन फ्याक्ट्री भएको टिप्पणी गरेका छन् । नेता बाँस्कोटाले यसअघि नै आफूले यो ठोकुवा गरेको भन्दै सामाजिक सञ्जालमार्फत फेरि यस्तो धारणा बाहिर ल्याएका हुन् । उनले ती मिडिया तथ्यद्धारा सत्य पुष्टि गर्न नभई मालिकका ईच्छा पूरा गर्न कथाहरु बनाउन खप्पिस रहेको पनि दाबी गरेका छन् ।

उनले भनेका छन्–‘मैले ठोकुवासाथ भन्दिएकै थिँए-नेपालका कयौ मिडीया fake news production factory हुन।ती तथ्यद्वारा सत्य पुष्टि गर्न होईन, मालिकका ईच्छा पुरा गर्न कथाहरु बनाउन खप्पिस छन र पाठक प्रतिको जवाफदेहिता बाट मुक्त छन।र,यो नै हाम्रो मौलिक पुर्ण प्रेस स्वतन्त्रता हो।”



प्रतिक्रिया दिनुहोस्