Logo

ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं, ३ बैशाख । नेृकपा (एमाले) का महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विगतमा विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरु अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् । साथै, उनले यस्ता काम घृणायोग्य र दण्डनीय रहेको पनि बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पोखरेलले यस्तो धारणा राखेका हुन् । उनले लेखेका छन्–”कुनैवेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरू अहिले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् ! यस्ता काम घृणायोग्य र दण्डनीय छन् !!”



प्रतिक्रिया दिनुहोस्