Logo

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकिकृत कारोबार बैशाख ८ बाट हुने



काठमाडौं, ३ बैशाख । ग्लोबल आइएमई वित्तीय सस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार बैशाख ८ बाट हुने भएको छ । ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आईएमई लघुवित्तको नामबाट ८ गतेबाट एकिकृत कारोबार सुरु हुने कम्पनीले जनाएको छ ।

पुस २९ गते सम्पन्न भएको दुई कम्पनीको वार्षिक साधारण सभाले एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेको थियो । प्राप्ति पछि दुई कम्पनीको एकिकृत रजिष्ट्रर्ड कार्यालय पोखरा उपमहानगरपालिका विजयपुर कास्कीमा रहने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्