Logo

सिटिजन्स बैंकको उदयपुरको त्रियुगामा शाखा विस्तार



काठमाडौं, ३ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका –०६ लालपत्तामा १०९ ओैँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।

बैंकको अनुसार नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट सेवा दिँदै आएको छ ।
बैंकले यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न क्अबल ७ ध्ष्तजमचबध सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको जनाएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा ए.टि.एम. र १०९ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्