Logo

आज बिहान हेटौडामा भेटिएको शंकास्पद वस्तु नक्कली बम



काठमाडौं, ३ बैशाख । शुक्रबार बिहान हेटौडा स्कुल अफ म्यानेजमेन्टमा भेटिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ । म्यानेजमेन्ट क्याम्पसको पुरुष शौचालय भित्र आज बिहान बाकसजस्तो तार निस्किएको वस्तु फेला परेको थियो ।

प्रहरीलाई खबर आएलगत्तै पुगेको बम डिस्पोजल टोलीले चेकजाँच गर्दा बम पत्ता नलागेको मकवानपुर प्रहरीले जनाएको छ । शंकास्पद उक्त वस्तु सक्कली बम नभई नक्कली बम भएको प्रहरीले पुष्टि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्