Logo

देशलाई बन्धकी राख्ने काममा स्वयम सरकारको नेतृत्व गर्ने प्रमुखहरु नै लागेको खबरहरु छन् : प्रचण्ड



काठमाडौं, ३ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अहिले राष्ट्रिय एकता विरोधी तत्वहरुले ईतिहासलाई पछि धकेल्न प्रयत्न गरेको आरोप लगाएका छन् । उनले नेपालमा संघीयता खारेज गर्ने, स्थानीय तहमा गएको अधिकार खोस्ने र प्राप्त भएका अधिकार उल्टाउने प्रयत्न भैरहेको पनि बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘वाग्मती प्रदेश कराँते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले नेपाली जनताले लडेर ल्याएको परिवर्तन मुठ्ठीभर मानिसले खोसेर नखोसिने पनि बताए । नेपाली जनताले प्रतिनिधिसभा विघटन गर्ने कदमको कडा विरोध तथा आन्दोलन गरेकोले उक्त कदम सच्चिएको दाहालको भनाई छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाहीको संज्ञा दिए ।

उनले भने,‘हिजो आज तपाईहरुले समाचार हेर्नुभयो भने देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितविपरित गतिविधि गने काममा स्वयम सरकारको नेतृत्व गर्ने प्रमुखहरु नै लागेको खबरहरुले नेपालर नेपाली जनताको ईज्जत, प्रतिष्ठा, उनीहरुको आत्सम्मान र राष्ट्रिय स्वाधिनतामाथि प्रश्नचिन्ह खडा भएको छ ।’

 



प्रतिक्रिया दिनुहोस्