Logo

सांसद दीपेन्द्र श्रेष्ठको अग्रसरतामा ओलम्पिया स्कुलको अतिक्रमण हटाईयो



काठमाडौं, ३ बैशाख । काठमाडौं क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको अग्रसरतामा निजी स्वामित्वमा रहेको ओलम्पिया स्कुलले सरकारी जग्गा कब्जा गरेर बनाएको संरचना हटाइएको छ । वडा कार्यालयसँग समन्वय गरेर आफ्नो क्षेत्रमा रहेका सार्वजनिक र सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान सुरू गरेका श्रेष्ठले पटक(पटक ताकेता गर्दा अटेर गरेपछि आफैं डोजर लगाएर भत्काएका हुन् ।

काठमाडौंको बबहरमहलस्थित् ओलम्पिया स्कुलले २ रोपनी १४ आना सरकारी जग्गा मिचेर व्यवसायी दीपक मल्होत्रालगायतले बनाएको भवनसहितको संरचना भत्काएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर ११ को बबहरमहल धोबीखोला करिडोरमा किङ्स कलेजसँगै सञ्चालनमा रहेको ओलम्पिय स्कुलको संरचना भत्काउन श्रेष्ठ आफैं खटिएका थिए ।

राजनीतिसँगै समाज सेवा र सार्वजनिक र सरकारी जग्गा संरक्षणको अभियानमा लागेका श्रेष्ठको जोडबलमा ओलम्पिया स्कुलले कब्जा गरेको सार्वजनिक जग्गामा बनेको संरचना हटाइएको हो । ओलम्पियाले हडपेको उक्त संरचना हटाउन वडाध्यक्ष उपस्थित हुने कार्यक्रम थियो । तर खुट्टामा समस्या भएकाले वडाध्यको उपस्थिति हुन नसकेको उनले जनाए । अब अनामनगरस्थित् अक्सिडेन्टल पब्लिक स्कुलले सरकारी जग्गा कब्जा गरेर लगाएको पर्खालसहितका संरचना पनि यसरी नै हटाइने प्रदेशसभा सदस्य श्रेष्ठको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्