Logo

धारिलो हतियार प्रहार गरी युवकको हत्या



भक्तपुर, ३ बैशाख । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका–८ सिपाडोल मुलबाटोस्थित गाई फर्ममा मनोहरा सुकुम्बासी बस्ती बस्ने सोलुखुम्बु घर भएका अन्दाजी २० वर्षीय ईश्‍वर राईको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार स्थायी घर भएका २० वर्षीय आशिष खुलाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त गाई फर्ममा राईको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगाती समेतबाट तत्काल खटिएको प्रहरीले आशिषलाई पक्राउ गरेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा मृतक ईश्‍वर, महोत्तरी घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिस योञ्जन, सुनिल बल र आशिष सिपाडोल मुलबाटोस्थित गाई फर्मको टहराभित्र बसी कुराकानीको क्रममा बादबिवाद भई झै(झगडा हुँदा आशिषले खुकुरी प्रहार गर्दा ईश्‍वरको घटनास्थलमै मृत्यु भएको खुल्न आएको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्