Logo

महिलालाई जबरजस्ती करणी गर्दा…



काभ्रे, ३ बैशाख । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङ बिहीबार साँझ पक्राउ परेका हुन्।

थिङले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी फोक्सीङटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्