Logo

प्रचण्डले भने : धेरै समयपछि मलाई प्रधानमन्त्री केपी ओलीको फोन आयो (भिडिओसहित)



काठमाडौं, ३ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई धेरै लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आएको स्पष्ट पारेका छन् । शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्ने क्रममा दाहालले सम्बोधन गर्दै गर्दा यस्तो खुलासा गरेका हुन् । उनले भने,‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई, धेरै समयपछि, म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनें ।’

उनले आफूले प्रधानमन्त्रीसँगको कुराकानीमा गाउँपालिका जाने बाटो बनाइदिन आग्रह गर्ने बताएका थिए । यसअघि पनि दाहाललाई प्रधानमन्त्री ओलीको फोन आएको थियो । त्यतिवेला पनि दाहालले आफूले कुरा गर्न नचाहेको बताएका थिए । तर, आज प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गर्नुको कारण भोलि बोलाईएको सर्वदलीय बैठकमा भाग लिनको लागि हो भन्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले भोलि बालुवाटारमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न विहान ११ बजे सर्बदलीय बैठक बोलाएका छन्।



प्रतिक्रिया दिनुहोस्