Logo

ओली र प्रचण्डबीच संवादहीनतामा आइसब्रेक, आज फोनवार्ता



काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज फोनवार्ता भएको छ । महिनौंयता बोलचाल समेत नगरेका दुई नेताबीच आज फोनवार्ता भएको हो ।

ललितपुरको कोन्जोसोम गाउँपालिका पुगेका प्रचण्डले फोनवार्ता भएको खुलासा गरे । उनले बाटोमा जाँदै गर्दा ओलीको फोन आएको र आफूले कुराकानी गरेको समेत सुनाएका थिए । उनले भने, ‘मलाई प्रधानमन्त्री केपी ओलीले फोन गर्दा तपाईँले के भन्न खोज्नुभएको हो, म एउटा कार्यक्रममा छु भनेँ ।’

आजै प्रचण्डले ओलीले विदेशीसँग भित्री सम्झौता गरेर देशलाई बन्धकीमा राख्न खोजेको आरोप समेत लगाए । उनले ओलीले राष्ट्र हित विपरित काम गरेको आरोप समेत लगाए ।



प्रतिक्रिया दिनुहोस्