Logo

स्वास्थ्यको मापदण्ड अपनाएर सिफ्टमा विद्यालय संचालन गर्न शिक्षा मन्त्रालयको आग्रह



काठमाडौं, ३ बैशाख । कोरोना संक्रमण बढ्दै गएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय संचालकहरुलाई सिफ्टमा संचालन गर्न आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यको सबै मापदण्ड अपनाएर विद्यालय चलाउन र दुई सिफ्ट गर्न आग्रह गरेको हो ।

मन्त्रलायले सुचना मार्फत स्यानिटाइजर, मास्क र साबुन पानीको अनिवार्य प्रयोग गर्न र धेरै विद्यार्थी भएका विद्यालयलाई सिफ्टमा विद्यालय संचालन गर्न आग्रह गरेको छ । विद्यालय तत्काल बन्द नगर्ने जानकारी दिँदै स्वास्थ्यका मापदण्ड भने अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्