Logo

प्रधानमन्त्री ओलीले भोलिलाई बोलाए सर्वदलीय बैठक



काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहानको लागि सर्बदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाईएको हो ।

सर्बदलीय बैठक भोलि (शनिवार) विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीको फोन आएको पुष्टि गरेका थिए । उनले के विषयमा कुरा भएको भन्ने खुलाएका थिएनन् । त्यतिवेला दाहाल ललितपुरमा एक कार्यक्रममा थिए । file photo



प्रतिक्रिया दिनुहोस्