Logo

विद्यालय बन्द गर्न वा सिफ्टमा चलाउन सरकारको आग्रह



काठमाडौं, ३ वैशाख । सरकारलेको दोस्रो लहरको जोखिमलाई दृष्टिगत गरी सकेसम्म सिकाई प्रणाली अनुसार अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार आज शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा पछिल्लो वस्तुस्थितिको समीक्षा गरिएको छ । स्वास्थ्य सवेदनशीलतालाई ख्याल गरी थप सजगता अपनाउन आग्रह गर्दै स्थानीय तहको निर्णय बमोजिम संक्रमण फैलिएको वा जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर र स्थान विशेषको हकमा विद्यालयहरु बन्द वा तोकिएबमोजिम सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिए ।

शिक्षण संस्थाहरु सञ्चालन गर्दा भीडभाड नहुने गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई सिकाई कृयाकलाप सञ्चालनको व्यवस्था गर्न समेत भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्