Logo

बालिकालाई यौन दुर्व्यवहार गर्ने स्याङजाका दर्जी पक्राउ



भक्तपुर, ३ बैशाख । बालिकालाई यौन दुर्व्यवहार गर्दा स्याङजा घर भएका एक पुरुष भक्तपुरबाट पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–१ मनहरा सुकुम्बासी बस्ती बस्ने स्याङजा वालिङ गाउँपालिक–५ घर भएका ३७ वर्षीय खेम बहादुर दर्जीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

दर्जीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्