Logo

कोरोना संक्रमणको जोखिम बढेको छ, सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरौं : डा. पुन (भिडिओसहित)



डा. शेरबहादुर पुनले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि सुरु भएको भन्दै सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन् । उनले पछिल्लो समय सक्रिय संक्रमितको संख्या पनि बढेको सुनाउँदै सबैले आवश्यक सचेतता अपनाउनुपर्ने बताएका हुन् । हिजो विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. पुनसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश  :

कारोनाको संकमण पछिल्लो समय धेरै बढ्यो, के कारणले भन्नुहोस् त ?

अहिले दुईवटा कुरा देख्छु–एउटा नयाँ भाईरसको भेरियन्टलाई प्रतिस्थापन गर्दै गैरहेको जस्तो देखिन्छ । अर्को योभन्दा अगाडिदेखि नै हामीले जनस्वास्थ्यका मापदण्डलाई निरन्तरता दिउँ भनेर जुन भनिरहेका थियौँ, त्यो चाहीँ गरिएको छैन । त्यो कारणले गर्दा नयाँ खालको जुन भेरियन्ट छ, त्यो सहज रूपमा फैलनसक्ने भएको हो कि भन्नेजस्तो लाग्छ ।

अब मापदण्ड पालना नगर्नेहरुलाई सरकारले के गर्ने ?

यसमा नीति निर्माताहरुले एक प्रकारको सोच बनाउनुपर्छ । पहिले हामीहरु पनि यउटा दुईवटा देखियो भनेपछि तर्सिन्थ्यौं । केहि हप्ता अगाडिसम्म पनि एक सय जना देखिए पनि बेवास्था गरेको अवस्था छ । हामी जुन बानी व्यहोरा छ, हामीले अहिलेपनि जनस्वास्थ्यको मापदण्डहरुलाई पालना गर्नुपर्छ । यो भए स्वभाविक रूपमा फैलनलाई जस्तो युके भेरियन्टकै कुरा गर्दैछु मैले, सहज रुपमा छिटो फैलनसक्छ भन्ने कुराहरु वैज्ञानिक रुपमा पुष्टि भएको देखिन्छ । त्योकारणले पहिले र अहिलेकोमा केही फरक छ कि भन्ने सम्बन्धित निकायमा हामीले भन्दै आएको र उहाँहरुले गर्दै आएको कहाँबाट यसको मुभमेन्ट भईरहेको छ । कहाँनिर रोक्नुपर्छ र यसमा केही संक्रमित छन भने उहाँहरुलाई आईसोलेसनमा बस्नमात्रै भन्ने होईन कि त्यसको अनुगमन पनि गर्नुपर्ने हुन्छ । किनकी मलाई जहाँसम्म लाग्छ, मैले बुझेअनुसार सक्रिय संक्रमितको संख्या हजारभन्दा नाघिसकेको रहेछ । अहिलेसम्म कतिपय ठाउँहरुमा घरमा बसेको भन्ने सुनिन्थ्यो, अहिले त्यस्तो सुनिँदैन् । यो नहुनुको कारण आफ्ना दैनिक कार्यमाथि निरन्रता दिनु आ–आफनो सबैको बाध्यता पनि होला । तर, यो भनिरहँदाखेरी यो फैलिनका लागि महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको छ । तपाईँ÷हामी सबैले अहिलेनै यस्तो कुरालाई बेवास्ता गर्नुहँुदैन् । नत्रभने धेरै मात्रामा संक्रमित भए भने त्यो अनुपातमा भर्ना हुने सम्भावना बढि हुन्छ । यस्तो भयो भने जुन हामीसंग भएका स्रोत र साधानहरु छन्, र ठाउँ जनशक्ति उत्ति नै हँुदा बढेको लाग्दैन तर भाईरसको जुन व्यवहार छ, त्यो चाहीँ अनुसन्धान नगरेकोजस्तो एउटा नेपालमा पनि गर्यो भने त्यो हाम्रो लागि चिन्ताको विषय हो । त्यही अलिकति खतरा छ ।

पछिल्लो समय बालबालिकामा संक्रमण बढ्नुको कारण के हो ?

पहिलाको र अहिलेकोमा अलिकति फरक छ । पहिला हामीले लकडाउन गरिएको अवस्था थियो । स्कुलहरु सञ्चालन गरिएका थिएनन् । पछि समूदायमा गएपछि बच्चाहरु विरामी भएर अस्पतालमा पुग्नुपर्ने हो । त्यो अवस्था त्यो बेलामा देखिएन । अनि स्कुलहरु खोलिरहेको अवस्था त्यो छ । विद्यार्थीहरु एक–आपसमा संगै बस्ने, एक आपसमा कुराकानी गरिहालिन्छ । गुरुहरुको आँखापनि जनस्वास्थ्यमा अलिकति कडा त होला । तर पनि उहाँहरुका आँखा नपरेपछि अरु कृयाकलाप पनि भईहाल्छ स्कुलमा, त्यसो भएको हुनाले एउटा बालकमार्फत अर्को बालकको घरमा सर्ने त भईनै हाल्ने भयो ।



प्रतिक्रिया दिनुहोस्