Logo

विश्वासको मत माग्दै मुख्यमन्त्री शाहीले भने–कर्णालीको समृद्धिको लागि यही सरकारको निरन्तरता आवश्यक छ



काठमाडौं, ३ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेका छन् । आजको प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै उनले समग्र कर्णालीको विकास र समृद्धिको लागि आफ्नै नेतृत्वको सरकारको निरन्तरता आवश्यक रहेको बताएका हुन् ।

सम्बोधनको क्रममा मुख्यमन्त्री शाहीले भने ‘जनतासँग मत माग्दा हामीले राजनीतिक स्थायित्व र समृद्ध कर्णालीको लागि मत मागेका थियौं । यो तथ्य भुलेर जनमतको अपमान नगरौं । कर्णालीको विकासका लागि राजनीतिक स्थायित्व अनिवार्य आवश्यकता हो ।’



प्रतिक्रिया दिनुहोस्