Logo

कर्णाली प्रदेश सभामा मतदान शुरु



काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेश सभामा मतदान शुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुपर्ने अवस्थाबीच मतदान शुरु भएको हो ।

कुल ३९ जना बहालवाला प्रदेश सदस्य रहेको कर्णाली प्रदेशमा नेकपा एमालेको २०, नेकपा माओवादी केन्द्रको १२, नेपाली काँग्रेसको ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसद छन् । शाहीको विश्वासको मतको पक्षमा माओवादी केन्द्र र काँग्रेसले मतदान गर्ने स्पष्ट भइसकेको छ । राप्रपा तटस्थ रहने भएको छ । एमालेले विपक्षमा मतदान गर्ने ह्वीप जारी गरिसकेको छ ।

एमालेबाट फ्लोर क्रस नभए शाहीको पद जानेछ । फ्लोर क्रस हुने सम्भावना नरहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्