Logo

कोरोनाबाट आज थप ४ जनाको मृत्यु



काठमाडौं, ३ बैशाख । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या  ३०७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म २३ लाख ३५ हजार ८४ जनाको पिसीआर परिक्षण भएको छ भने  ५ हजार ८ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्