Logo

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल



काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत पुगेपछि विश्वासको मत लिन सफल भएका हुन् ।

मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । विपक्षमा १७ मत पर्न सक्यो । शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली काँग्रेसले मतदान गरे । नेकपा एमालेका १७ सांसदले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरे ।४ जना सांसदले फ्लोर क्रस गरेका थिए ।

कुल ३९ जना बहालवाला प्रदेश सदस्य रहेको कर्णाली प्रदेशमा नेकपा एमालेको सभामुखसहित २०, नेकपा माओवादी केन्द्रको १२, नेपाली काँग्रेसको ६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्