Logo

ओलीका कारण प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतन्त्र संकटमा परेको कांग्रेस नेता सिंहको भनाई



काठमाडौं, ३ बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले बिजनेस दिन नसक्दा मुलुकमा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था आएको बताएका छन् ।
शुक्रबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रता सेनानी सूर्य प्रसाद रेग्मीको प्रथम स्मृतीसभामा बोल्दै नेता सिंहले संसदलाई बिजनेस नदिएर ओली नेतृत्वको सरकारले संसद निष्क्रय पार्न खोजेको आरोप लगाए ।

उनले भने ‘सरकार भएर पनि छ कि छैन जस्तो लाग्छ । संसदलाई बिजनेस नदिँदा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था सिर्जना भईसक्यो ।’ साथै नेपाली कांग्रेसले अस्थीर राजनैतिक अवस्थाबाट निकास दिन पहल कदमी सुरु गरेको उहाँले स्पष्ट पारे । ‘ओलीले राजीनामा दिनु पर्छ । र कांग्रेसको नेतृत्वमा सरकार चाहिन्छ ।’ भन्दै उनँले भने, ‘आफ्नै पार्टीको अन्तर झगडाको कारणले गर्दा संसद भङ्ग गर्ने गरेर ओलीले आफ्नो नैतिकताको स्तर देखाईसकेका छन् । ओलीलाई प्रधानमन्त्री भईरहने वैधानिकता छैन् ।’

नेता सिहंले ओलीका कारण प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतन्त्र संकटमा परेको समेत बताउनु भयो । लोकतन्त्र जोगाउनको लागी आफुहरुले पार्टी सभापति शेर बहादुर देउवा लाई भेटेरै देशलाई संकट परेको बेला चुप लागेर नबसी सरकारको नेतृत्व गर्न आग्रह गरेको जानकारी समेत दिए । कांग्रेस कमजोर भएको मौकामा ओलीले देशलाई नै कम्जोर बनाएको भन्दै नेता सिंहले भने, ‘देशमा कम्युनिष्टहरु असफल भईसके , यीनीहरुले न संबिधान नै जारी गर्न सकेका हुन, न त संविधान कार्यन्वयनमा नै सफल हुन सके ।’

फरक प्रसङ्गमा नेता सिंहले कांग्रेसमा सक्षम नेतृत्वको आवश्यकता भएको बताए । नेतृत्वको कारणले गर्दा कांग्रेस ईतिहासकै कमजोर अवस्थामा पुगेको उनँको भनाई छ । नेपाली कांग्रेसको सिद्धान्त, देशको आवश्यकता र परिस्थीति बुझेर कार्य गर्न सक्ने नेतृत्व १४ औँ महाधिबेशनबाट चुन्नु पर्ने उनले बताए । सिंहले प्रजातन्त्र र लोकतन्त्रका लागी संघर्ष गर्ने कांग्रेसका पुर्व नेताहरुलाई स्मरण गर्दै अहिलेको नेतृत्वले उनीहरुबाट सिक्नु पर्ने बताए । File photo



प्रतिक्रिया दिनुहोस्