Logo

कर्णालीमा फ्लोर क्रसले ओलीलाई धक्का



काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेश सभामा आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेकपा एमालेका ४ प्रदेशसभा सांसदले फ्लोर क्रस गरेका छन् । उनीहरु सबै माधवकुमार नेपाल पक्षधर सांसद हुन् ।

४ जना सांसदले फ्लोर क्रस गरेर जोखिम मोलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का लागेको छ । प्रधानमन्त्री ओलीविरुद्ध केन्द्रमा अविश्वासको प्रस्ताव तयारी भइरहेको छ । उनलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने वाध्यात्मक अवस्था भएमा माधवकुमार नेपाल पक्षधर सांसदबाट फ्लोर क्रस हुने संकेत कर्णाली प्रदेशसभाको चुनावले दिएको छ । माधव नेपालसँग अहिले पनि कम्तिमा ३० भन्दा बढी सांसद छन् । ओलीले जनता समाजवादी पार्टीलाई समर्थनका लागि तान्न खोजेका छन् । तर, सहमति बन्न सकेको छैन ।

माओवादी केन्द्रले अझै ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छैन । समर्थन फिर्ता लिने संकेतहरु भने गरेको छ । यस्तो अवस्थामा नेकपा एमालेको १२० सांसद पूरै ओली पक्षमा रहन्छन् भन्ने निश्चित देखिएको छैन । कर्णाली प्रदेशसभा चुनावले त्यस्तै संकेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्