Logo

ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने यी हुन एमालेका चार सांसद



काठमाडौं, ३ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत पाएका छन् । नेकपा (एमाले) का कर्णाली प्रदेशका चार सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाही नेतृत्वको सरकारले निरन्तरता पाएको छ । यसअघि एमालेले सांसदहरुलाई ह्विप जारी गरेको थियो ।

तर, सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए । चार सांसदले ‘फ्लोर क्रस’ गरेर शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको हो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्