Logo

माधव नेपाल पक्षप्रति आक्रोशित हुँदै गोकुलको ट्विट : प्रचण्डसँग मिलेर अध्यक्ष र प्रधानमन्त्री भइँदैन



काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई लक्षित गरेर कडा टिप्पणी गरेका छन् । उनले पार्टीमा किन समानान्तरको नाटक गरेको भन्दै प्रश्नसमेत गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले यस्तो लेखेका हुन् । उनले भनेका छन्–”जबज छोड्न सक्दैनन।नेकपा एमाले दर्ता हुन सक्दैन।सूर्य चिन्ह पाउने होईन।प्रचण्ड मिलेर अध्यक्ष र प्रम भइँदैन।अनि फेरि किन समानान्तर नाटक ? पार्टी चल्ने आधार छैन भने पछिलाई विचार गर है ,तलतल बेतोड उफ्रने चुकेल्याङ्ग हो।”



प्रतिक्रिया दिनुहोस्