Logo

नेविसंघ विद्यार्थीमाथि भएको आक्रमणको अध्यक्ष ढुंगानाले गरे निन्दा, आक्रमणकारीलाई कारबाहीको माग



काठमाडौं, ३ बैशाख । रामपुर क्याम्पसमा आफ्नो संगठनका विद्यार्थीहरुमाथि भएको आक्रमणको नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले निन्दा गरेका छन् । अध्यक्ष ढुंगानाले ईकाई सभापति दिपेश बानिया र सदस्य खेमराज उपाध्याय लगायत सम्पूर्ण घाइते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले क्याम्पसमा भर्ना प्रक्रिया चलिरहेको अबस्थामा बिना कारण अखिल क्रान्तिकारीद्वारा क्याम्पस हाताभित्र नेबिसंघका विद्यार्थीहरुमाथी आक्रमण गरेको भन्दै निन्दा गरे । अध्यक्ष ढुंगानाले उक्त घटनाका दोषीलाई हदैसम्मको कारबाही माग गर्दै आफ्नो संगठनका विद्यार्थीहरुमाथि भएको ज्यादतीका विरुद्ध देशभर आन्दोलित हुन आह्वान गरेका छन् । हेरौं विज्ञप्ती :

 

 



प्रतिक्रिया दिनुहोस्