Logo

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने यी ४ सांसदलाई पदमुक्त गरी एमालेबाट हटाउन सिफारिश



काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ सांसद पदमुक्त हुने निश्चितप्रायः भएको छ । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको आज साँझ बसेको आकस्मिक बैठकले उनीहरुलाई पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी निष्कासन गर्न सिफारिश गरेको छ ।

आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई प्रदेशसभाको विश्वासको मत लिने क्रममा एमाले संसदीय दलको ह्वीप उल्लंघन गरी प्रदेशसभा सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले पक्षमा मतदान गरेका थिए । संसदीय दलले विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । उनीहरुले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।

फ्लोर क्रस गर्ने सांसदहरु माधवकुमार नेपाल पक्षधर हुन् । यो घटनाले केन्द्रमा समेत तरङ्ग आएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अराजकताको संज्ञा दिदै कडा कारबाहीको चेतावनी दिइसकेका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्