Logo

एमाले विभाजनको मुखमा, अब के बाँकी रह्यो र ?



वैशाख ३, काठमाण्डौ । यतिबेला नेकपा एमाले अनौपचारिक रुपमा दूईवटा दल बनिसकेको छ भन्दा फरक नपर्ला । अध्यक्ष केपी ओली एकातिर र वरिष्ठ नेताहरु झलनाथ खनाल–माधवकुमार नेपाल अर्कातिर । फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूताएपछि अप्ठ्यारोमा परेको यो दलभित्र दुई गुटको लडाईले विभाजन जस्तै बनेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेताहरुलाई धमाधम कारवाही गर्न थालेपछि रुष्ट बनेको खनाल नेपाल समूहले पनि देशैभर समानान्तर कमिटि बनाएर अघि बढीरहेको छ । तर समानान्तर कमिटि बनाएर अघि बढीरहेका बरिष्ठ नेता माधव कुमार नेपाल भने प्रधानमन्त्री केपी ओली पार्टी अध्यक्ष भएकाले अहिलेको विवादित घटनाक्रमको जिम्मेवार भएको जिकिर गरेका छन् ।

ओलीले अध्यक्ष र महासचिव बाहेक केन्द्रीय कमिटीका सबै पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय गरेका थिए । त्यसलगत्तै, २९ फागुनमा खनाल–नेपाल समूहले केन्द्रीय समिति बैठक राखेर प्रदेश ईन्चार्ज तथा विभागीय प्रमुखहरुको नयाँ सुची सार्वजनिक गरेको थियो । आफू पक्षीय नेताहरुलाई एकलौटी रुपमा ओलीले कारबाही गर्दै जिम्मेवारीमुक्त गरेपछि बाध्य भएर समानान्तक कमिटि गठन गर्नुपरेको नेपालको तर्क छ । यसरी धमाधम समानान्तर कमिटि बनाईरहेको माधव–खनाल समूहले शुक्रवार मात्रै बागमती प्रदेश अन्तरगत काठमाण्डौ र ललितपुर जिल्लाका समानान्तर कमिटिका नयाँ पदाधिकारीहरुको सपथ ग्रहण गराएको छ । सपथ ग्रह(ा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यसलाई समानान्तर कमिटीको रुपमा व्याख्या गर्नै नहुने बताएका थिए ।

नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको खेती गरिरहेको आरोप पनि लगाएका छन् । शुक्रबार नै झापाको बिर्तामोडमा नेपाल समर्थित नेकपा एमालेले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीले झुटको खेती गर्न टिम बनाएको र त्यसलाई साइवर स्याल भन्ने गरिएको बताएका हुन् । नेपाल पक्षधर नेकपा एमाले झापाका अध्यक्ष वोधराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । घोषित कमिटीको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल उपसचिवमा मणि भण्डारी लगायत ३५१ सदस्यीय समिति रहेको र विभिन्न विधागत कमिटी समेत गठन गरिएको घोषणा गरिएको थियो ।

काठमाण्डौ र ललितपुर जिल्लाका समानान्तर कमिटि घोषणा कार्यक्रममा नेपाल समूहका बागमती प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्यले काठमाण्डौका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएकी हुन् । सो समारोहमा बोल्दै देशैभर यसैगरी समानान्तर कमिटिहरु बन्ने र यसले कम्युनिष्ट शक्तिहरुलाई एक हुन र पार्टीलाई मजबुद हुने मद्धत मिल्ने नेतृ शाक्यको भनाई रहेको थियो ।

विगतदेखि नै पार्टीभित्र विरोधी शक्तिको रुपमा देखिएको ओली र नेपाल समुह अहिले एक अर्काविरुद्ध खरो रुपमा उत्रिइरहेका छन् । ओलीले संसद विघटन गरेपछि रुष्ट बनेको नेपाल समुह सर्वोच्चले एमाले ब्यूताएपछि बाध्य भएर ओलीको नेतृत्वमा फर्किएको थियो । तर ओलीले अध्यक्षको शक्ति प्रयोग गर्दै नेपाल पक्षका नेताहरुलाई कारबाही गरेपछि पार्टी नै विभाजित अवस्थामा पुगेको हो ।

शुक्रबार नै कर्णालदी प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाल पक्षले पार्टीको निर्णयविपरित विश्वासको मत दिएर विभाजनको संकेत दिएको छ । पछिल्लो गतिविधि हेर्दा एमाले विभाजन हुन औपचारिकता मात्रै बाँकी रहेको जस्तो देखिन्छ ।

२८ फागुनमा ओली पक्षका नेताहरु मात्र बसेर गरेको निर्णय खारेज हुनुपर्ने र सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ मा कायम रहेको सबै कमिटी कायम हुनुपर्ने नेपाल समूहको माग छ । पार्टी नेतृत्वले आफ्नो माग सुनुवाइ नगरेपछि नेपाल समूहले अहिले देशभर समानान्तर गतिविधि गर्दै आएको छ ।

अध्यक्ष ओलीले भने नेपालसहित चार नेतालाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेका छन् । शुक्रबार कर्णालीमा फ्लोर क्रस गरेर नेपाल समूहले पार्टी नेतृत्वलाई पेलेर अगाडि बढ्न खोजे जुनसुकै कदम चाल्नसक्ने संकेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस्