Logo

रामकुमारी झाँक्रीको प्रतिक्रिया : प्रत्येक क्रान्तिकारीहरुलाई बिद्रोहको अधिकार सुरक्षित हुन्छ



काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा पार्टीको ह्वीप उल्लंघन गरेर माधव नेपाल पक्षका चार जना सांसदले विश्वासको मत दिएको कदमलाई स्वागत गरेकी छिन् ।

उनले अन्याय, अत्याचार, अमपान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरुलाई विद्रोहको अधिकार सुरक्षित हुने भन्दै अप्रत्यक्ष रुपमा कर्णालीमा आज भएको राजनीतिक घट्नाक्रममा एमालेका चार सांसदले गरेको कदमलाई स्वागत गरेकी हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेकी छिन्-“अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुन्छ।” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्