Logo

ह्वीप उल्लंघन गर्ने सांसदहरुमाथि खनिए सूर्य थापा, “प्रचण्डका हली-गाेठाला बनेर याे तहकाे घात गर्ने ?”



काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णाली प्रदेशमा आज फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिने सांसदहरुमाथि गम्भीर प्रश्न उठाएका छन् । सल्लाहकार थापाले पार्टीको ह्वीप उल्लंघन गर्ने सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा र देवी ओलीले अक्षम्य अपराध गरेको पनि आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले कर्णाली घट्नाबारे आर्थिक प्रलोभन वा राजनीतिक बिक्रीबट्टा यो कुन कोटीको गोटी बनेको दृष्टान्त हो ? भन्दै प्रश्न समेत तेर्साएका छन् । उनले यो तहको गद्दारी किमार्थ मान्य नहुने पनि चेतावनी दिएका छन् । उनले ती पाँच सांसदहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हली गोठालो बनेको पनि आरेप लगाएका छन् ।

उनले ट्विटरमा लेखेका छन्-“प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा र देवी ओली- यी पाँचकाे अपराध अक्ष्यम्य छ।आर्थिक प्रलोभन वा राजनीतिक बिक्रीबट्टा याे कुन काेटीकाे गाेटी बनेकाे दृष्टान्त हाे ? यस तहकाे गद्दारी किमार्थ मान्य हुन सक्दैन। प्रचण्डका हली-गाेठाला बनेर याे तहकाे घात गर्ने ?”



प्रतिक्रिया दिनुहोस्