Logo

बाबुरामको प्रतिक्रिया : भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ, प्रतीक्षा गरौं!



काठमाडौं, ४ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझ्नुपर्ने बताएका छन् ।

आज कर्णाली प्रदेशमा नेकपा (एमाले) का चार जना सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएपछि नेपाली राजनीति यतिवेला तरंगित बनेको छ । यसै सिलसिलामा डा. भट्टराईको यस्तो भनाई बाहिर आएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले मूल्य र मान्यताको राजनीतिलाई कानूनी भ्रमजालले छोप्ने दुष्प्रयास नगर्न समेत आग्र गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले लेखेका छन्,-“गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझौं! मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नगरौं।कुनै घटनाको मुख्य चालकतत्व बाह्य हैन आन्तरिक हुन्छ भन्ने नभुलौं।सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सौं। भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुॅदैछ प्रतीक्षा गरौं!” file photo/RN



प्रतिक्रिया दिनुहोस्