Logo

प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठकमा देउवा, प्रचण्ड र माधव नेपाल नजानसक्ने !



काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे सर्बदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीति विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाएका हुन् । तर, आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेताहरु माधव कुमार नेपाल र भलनाथ खनाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई नजाने बुझिएको छ ।

माधव नेपालको गेम चेन्जर भूमिका, अब सत्ता राजनीतिमा निर्णायक शक्ति

कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भने प्रधानमन्त्री ओलीले आँफैले निम्तो गरेका थिए । दाहाल ललितपुरमा आयोजित एक कार्यक्रममा हुँदा प्रधानमन्त्री ओलीले फोन गरेका थिए । उक्त कुरा स्वयम दाहालले सम्बोधनको क्रममा खुलासा गरेका थिए । उनले धेरै समयपछि प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको मात्रै बताएका थिए । तर, त्यसको एक घण्टा नबित्दै बालुवाटारले सर्बदलीय बैठकका लागि फोन गरेको पुष्टि गरेको थियो ।

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल

हिजोमात्रै, कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिएका छन् । उनको पक्षमा कांग्रेस र एमालेको माधव नेपाल पक्षधर चार जना सांसदले विश्वासको मत दिएका थिए । यो घट्नासँगै केन्द्रीय राजनीति पनि तातिएको छ । कतिपयले देउवा, दाहाल र माधव नेपालबीच महागठबन्धन बनिसकेको आँकलन समेत गरेका छन् । यसअघि प्रतिनिधिसभा पूनःस्थापना भैसकेपछि दाहाल र नेता नेपाल देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए ।

कर्णालीमा फ्लोर क्रसले ओलीलाई धक्का

उनीहरुले देउवालाई सरकारको नेतृत्व लिन प्रस्तावसमेत गरेका थिए । पछिल्लो समय दाहाल र देउवाबीच महाराजगञ्जस्थित् एक राणा थरका व्यापारीको घरमा गोप्य भेटवार्ता भएको समाचार आएका थिए । उनीहरुबीच माधव नेपाललाई विश्वासमा लिएर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेसम्मको सहमति भएको स्रोतको दाबी छ । सत्ता समिकरणमा निर्णायक बनेको जसपाको अब भर नपर्ने दाहाल र देउवाको निश्कर्ष छ । जसपाभित्र पनि बाबुराम र उपेन्द्रको पक्षमा बहुमत सांसद रहेको बताईएको छ ।

ओली र प्रचण्डबीच संवादहीनतामा आइसब्रेक, आज फोनवार्ता 

प्रधानमन्त्री ओलीले भोलिलाई बोलाए सर्वदलीय बैठक

उता, कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माधव नेपाल पक्षले ओलीलाई केन्द्रमा पनि त्यही घट्ना दोहोर्याउने सन्देश र संकेत दिईसकेको छ । त्यसैले, आजको बैठकमा देउवा, दाहाल र नेपाल सहभागी नहुन पनि सक्ने स्रोतको दाबी छ । तर, प्रधानमन्त्री ओलीले नेता नेपाल, खनाल, बाबुराम र उपेन्द्रलाई फोन नगरेको बुझिएको छ । FILE PHOTO/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्