Logo

दाहाल र नेपालद्वारा सर्वदलीय बैठक बहिष्कार



काठमाडौं, ४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री ओलीले दाहाललाई बैठकमा सहभागी हुनको लागि हिजै फोन गरेर निम्ता दिएका थिए । तर, दाहालले आफू बालुवाटार नआउने जवाफ दिएको उनको सचिवालयले जनाएको थियो ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्बदलीय बैठक सुरु भएको छ । उक्त बैठकमा दाहालसँगै एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, अर्का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छैनन् ।

बालुवाटारमा सर्वदलीय बैठक सुरु, दाहाल र नेपाल गएनन् (को गए, को गएनन् ?)

उनीहरुलाई बैठकमा सहभागी हुनको लागि निम्तो गरिएको थियो । तर, उनीहरुले बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्वि गर्ने दलका शीर्ष नेताहरुलाई बोलाएका थिए । समसामयिक राजनीतिक विषय र संसद्को चालु अधिवेशन अन्त्य गरेर बजेट अधिवेशन सुरु गर्नेबारे आजको बैठकमा छलफल हुने बुझिएको छ ।

यद्धपी प्रधानमन्त्रीको सचिवालयले भने माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने निम्तो नै नदिएको जनाएको छ । एमाले नेताहरु माधव नेपाल र झलनाथलाई नबोलाउनको कारण चाहीँ पार्टीबाट ६ महिनाको लागि साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरेकोले आजको सर्बदलीय बैठकमा नबोलाईएको पनि जनाईएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्