Logo

शनिबार गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका ६७ जनामा कोरोना



कैलाली, बैशाख ५ । भारतबाट कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना संक्रमण देखिएको छ। गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार सो नाका भएर शनिबार एक हजार २ सय जना नेपाल भित्रिएका छन्।

नाकाबाट नेपाल प्रवेश गरेकामध्ये पाँच सय ११ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६७ जनामा संक्रमण पुस्टि भएको हो । हालसम्म उक्त नाकाबाट भित्रिएकामध्ये नौ हजार पाँच सय दुई जनाको कोरोना परीक्षण गरिएको छ भने ६ सय ८४ जनामा संक्रमण पुस्टि भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot